कैलालीमा मोटरसाइकल र स्कुटी ठोक्किँदा एक जनाको मृत्यु, ३ गम्भीर घाइते

धनगढी खबर    

कैलालीमा मोटरसाइकल र स्कुटी ठोक्किँदा एक जनाको मृत्यु, ३ गम्भीर घाइते
फाइल तस्विर

धनगढी । कैलालीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य तीन जना गम्भीर घाइते भएका छन्। 

नम्बर नखुलेको अनटेस्ट मोटरसाइल से६प ६९० नम्बरको र से६प ९२३५ नम्बरको स्कुटी घोडाघोडी नगरपालिका-१ को बेलकोटामा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

मृत्यु हुनेमा वडा नम्बर १ का अन्दाजी २० वर्षीय रुद्र बोहरा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै घाइते हुने सोही ठाउँका अन्दाजी ३२ वर्षीय लक्ष्मीराम चौधरी, ३० वर्षीया सुमिता चौधरी र १८ वर्षीय सन्जु शाही रहेका छन्।



सोमबार १३, मङि्सर २०७८ ०९:०८ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस