कैलालीमा फेरि ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

कैलालीमा फेरि ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । सोमबार बिहान भैरहवाबाट अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले पैदल यात्रु गोदावरी नगरपालिका – ८ का १९ वर्षीय नरेश देउवालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट देउवाको घटनास्थलमै मृत्यु भएको थियो ।

उनको मृत्यु पछि  उनका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा टायर बालेर राजमार्गमा अवरोध गरेका छन् ।मृतकका आफन्तले ट्रक चालकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज पोखरेलले अहिले सडक खुलाउने विषयमा मृतकका आफन्त सँग छलफल भइरहेको बताए । ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई ट्रकसहित इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जनाएको छ  ।