भीम रावलद्वारा केन्द्रीय कमिटीमा बस्न अस्वीकार, खाएनन् शपथ

भीम रावलद्वारा केन्द्रीय कमिटीमा बस्न अस्वीकार, खाएनन् शपथ

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउँदा अध्यक्षका प्रत्यासी भीम रावलले स्वीकार गरेका छन् । 

पार्टीको महाधिवेशनस्थल सौराहामा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाबाट शपथ लिए लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराएका छन् ।

भीम रावलले भने सपथ खाएनन् । उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको सपथ लिएका छन् ।

रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन् । आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएकाले उक्त पद स्वीकार नगर्ने रावलको भनाइ छ ।