बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) को पालिका अधिवेशन सम्पन्न भएको छ । बुधवार नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य प्रमानद भट्टको प्रमुख आतिथ्यतामा पालिका अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले लक्ष्मी जोशीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रताप सिंह महारा र वेद प्रकाश जोशी चयन भएका छन् । यस्तै सचिवमा गणेश पार्की तथा सह सचिवमा लक्ष्मी दत्त जोशी चयन भएका भुवन कार्कीले जानकारी दिए ।
नेकपा (एस) ले बैतडीमा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिइरहेको छ। कार्यक्रममा दोगडाकेदार गाउँपालिकाका सबै वडाबाट बृहत् उपस्थिति रहेको नवनिर्वाचित जोशीले जानकारी दिए ।
कार्यक्रम का विशिष्ट अतिथि प्रदेश कमिटी उप सचिव दीर्घ सोडारी, सुदूरपश्चिम प्रदेशका पूर्व उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्ट, नेकपा (एस) केन्द्रीय सदस्य दार्चुला इन्चार्ज नरेन्द्र विष्ट, बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, प्रदेश कमिटी सदस्य राजु राम भुल लगायतका नेता कार्यकर्ता हरुको सहभागिता रहेको थियो ।