पहाडी भू-भागको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा, उच्च पहाडी र हिमाली स्थानहरूमा हिमपातको सम्भावना

पहाडी भू-भागको केहि स्थानमा हल्कादेखि मध्यम वर्षा, उच्च पहाडी र हिमाली स्थानहरूमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण आज बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल मौसमको अवस्था विश्लेषण गर्दै बिहान जारी गरेको विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो । आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा रहेकोले पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने बताइएको छ ।