धनगढीमा दुधमा मुसा मार्ने विषादी मिसाएर छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

धनगढीमा दुधमा मुसा मार्ने विषादी मिसाएर छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

धनगढी । धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा सौतेनी आमालाई प्रहरीले प्रकाउ गरि सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान थापामगरको हत्या आरोपमा प्रहरीले उनकी सौतेनी आमा माघी रोकायालाई पक्राउ गरेको हो ।

सौतेनी आमा माघी रोकायालाई भारतको हरियाणाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । निशान सौतेनी आमा रोकायासंगै शिखर टोलमा रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए ।

उनी मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए भने रोकाया सोही दिनदेखि फरार थिइन् । उनल लाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानअगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए । उनले भारतिय प्रहरीको सहयोगमा उनलाई प्रक्राउ गरिएको बताए ।

मुत्यक निशान थापामगरका बुवा बहादुर रोकाय लामो समय भारत मै काम गदै आएको र उनले उतै र्निमला थापा मगर सग विवाह गरी उनै बाट जन्मिएका निशान थापामगरको हत्या शौतेनी आमाले गरेको प्रहरीले जनाएको छ । हत्याको कारण कान्छी श्रीमती र लोग्ने संगको झगडा पनि जोडिएको प्रहरीले जनाएको छ ।

मृतक निशान्त थापा मगर स्कूलबाट फर्किएपछि उनले थाहा नपाउने गरी दुधमा मुसा मार्ने औषधी मिसाई खुवाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एसपी अधिकारीले जानकारी दिए । रोकायाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए।