सुर्यमा भोट हाल्ने, काँग्रेसमा बसि राख्नेले बाटो काटे हुन्छ : बलायर

सुर्यमा भोट हाल्ने, काँग्रेसमा बसि राख्नेले बाटो काटे हुन्छ : बलायर

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिका उम्मेदवार वीर बहादुर बलायरले सुर्यमा भोट हाल्ने तर काँग्रेसमा बसिराख्नेलाई बाटो काट्न आग्रह गरेका छन् । शुक्रबार धनगढीमा मनोनयन दर्ता स्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।

“सुर्यमा भोट हालिराख्ने काँग्रेसमा बसिराख्नेले बाटो काटे हुन्छ,’उनले भने,‘काँग्रेस काम गर्नेको, सक्रिय रहने, सिद्धान्त रहनेको पार्टी हो ।” सिद्धान्त, निष्ठा र क्रियाशिलका आधारमा पार्टीलाई अगाडी बढाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

कम्युनिष्टको चपेटामा रहेको सुदूरपश्चिमलाई कम्युनिष्टमुक्त बनाउन आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिएको बताए ।