कञ्चनपुरमा जन्ती बोकेर फर्किएको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा जन्ती बोकेर फर्किएको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै भएको ट्र्याक्टर दुर्घटना दुई जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु हो ।

मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ पिपरैयाका वर्ष ६५ का द्रोपती राना र वर्ष ३३ का रतन कुमारी राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

कृष्णपुर नगरपालिका–९ पिपरैयाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्याएर फर्कने क्रममा चालकले नियन्त्रण गुमाउदा ट्र्याक्टर सडक छेउमै पल्टीएको हो। प्रहरीका अनुसार ट्र्याक्टरमा ३० जना बढी सवार रहेका थिए ।