श्रीलङ्कामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी    

श्रीलङ्कामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ श्रीलङ्कामा पनि देखिएको छ । श्रीलङ्काको स्वास्थ्य मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलङ्का आएका एक जना व्यक्तिमा भाइरसको सङक्रमण पुष्टि भएको हो ।

ती व्यक्ति क्वरेण्टीन छन् । दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन’ पछिल्लो पटक भारत, अमेरिका, नर्वेमा पनि देखिएको छ ।

यो भाइरस अहिलेसम्म विश्वका ३५ वटाभन्दा बढी देशमा भेटिइसकेको छ । सङ्क्रमण फैलिरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले सचेत रहन आग्रह गरेको छ ।

सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले आग्रह गर्नुभएको हो ।



शनिबार १८, मङि्सर २०७८ ०१:११ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस