भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट थप एक जना संक्रमित भएका छन्। भारतीय अधिकारीहरुका अनुसार गुजरातको जामनगरमा ओमिक्रोन संक्रमित भेटिएका हुन्।
संक्रमित व्यक्ति दुई दिनअघि जिम्बाब्वेबाट भारत आएका थिए । विमानस्थलमै उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
जीनोम सिक्वेन्सिङ गर्दा उनमा ओमिक्रोन संक्रमण देखिएको अधिकारीहरुले बताएका छन्। यसअघि कर्नाटक प्रदेशमा दुई जनामा ओमिक्रोन देखिएको थियो ।