रेखा थापा राप्रपा महामन्त्रीमा पराजित, कुन्ती विजयी

धनगढी खबर    

रेखा थापा राप्रपा महामन्त्रीमा पराजित, कुन्ती विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को  महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । 

आइतबार आएको मत परिणाम अनुसार महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् ।

शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने रेखा थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् । अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् ।



आइतबार १९, मङि्सर २०७८ ०७:५० मा प्रकाशित

#रेखा थापा #राप्रपा

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस