‘जवाद’ चक्रवात कमजोर, उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा भारी हिमपातको सम्भावना

‘जवाद’ चक्रवात कमजोर, उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा भारी हिमपातको  सम्भावना

बंगालको खाडीमा रहेको ‘जवाद’ चक्रवात कमजोर बनेको छ । अहिले निम्न चापिय प्रणाली सकृय भएको र यसको प्रभाव नेपालको पुर्वी भूभागमा आंशिक देखिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले भनेको छ, ‘सो पश्चिमी न्यून चापीय प्रणालिको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।’

आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने छ ।सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।