काँग्रेस केन्द्रीय सदस्यमा डीबी सुनारद्वारा उम्मेदवारी घोषणा

काँग्रेस केन्द्रीय सदस्यमा डीबी सुनारद्वारा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका नेता डम्बर बहादुर सुनार डीबी ले  १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली काँग्रेसको १४ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदै छ ।

सुनारले शनीबार धनगढी पत्रकार सम्मेलन गरी दलित आरक्षण कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
 
अछाम क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा निवार्चित सुनारले  युवाहरुको आवाज सम्बोधन गर्नका आफ्नो उम्मेदवारी रहेको बताएका थिए ।