दूरसञ्चार प्राधिकरणमा रोजगारीको अवसर

दूरसञ्चार प्राधिकरणमा रोजगारीको अवसर

नेपाल दूरसञ्चार प्राधिकरणले १० जना कर्मचारी माग गरेको छ । आईतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशी पदमा उप निर्देशकदेखि सहायकसम्म १० जना कर्मचारी माग गरेको हो ।

प्राधिकरणले उप निर्देशक पदमा २ जना माग गरेको छ । जसमा आन्तरिक एक जना र महिना एकजना छन् । त्यस्तै सहायक निर्देशकमा सात जना माग गरेको छ । जसमा प्रशासनतर्फ खुल्ला एकजना, आदिवासी जनजाती १ जना, मधेसी १ जना दलित १ जना तथा प्राविधिकरइन्जिनियरिङतर्फ खुल्ला २ जना र अपांग १ जना माग गरेको छ ।

त्यस्तै सहायक पदमा १ जना खुल्ला माग गरेको छ । परीक्षाको किसिम लिखित र अन्तर्वाता हुनेछ । सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र आवेदन दिन सकिने छ ।

आवेदन अनलाइनबाट दिन सकिने छ । खुल्ला प्रतिस्पर्धाका लागि यहाँ क्लिक गरी र आन्तरिक प्रतिस्पर्धाका लागि यहाँ क्लिक गरी इच्छुक पदमा आवेदन दिन सकिने छ ।

साथै दस्तुर शुल्क नबिल बैंकमा रहेको खाता नम्बर ०१०६०११६६४२०१ मा जम्मा गरी अनलाइनबाट आवेदन दिदा सो भौचर अनलाइन स्पष्ट बुझिने गरी अपलोड गर्नुपर्ने छ ।