कैलाली भन्सारले चालु आर्थिक वर्षको ४ महिनामा भेट्टाउन सकेन राजस्व सङ्कलन लक्ष्य

कैलाली भन्सारले चालु आर्थिक वर्षको ४ महिनामा भेट्टाउन सकेन राजस्व सङ्कलन लक्ष्य

धनगढी ।  कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०७८/०७९को चार महिनामा लक्ष्य भन्दा कम राजस्व संकल गरेको छ ।

कैलाली भन्सारले चालु आर्थिक वर्ष २ २०७८/०७९ मा पहिलो चौमासिकका लागी  ३५ लाख ८९ हजार ६ सय ९८ रुपैयाँ लक्ष्य राखेको मा ३० लाख ४२ हजार ३ सय ११ रुपैयाँ मात्रै सङ्कलन गर्न सकेको हो । गत आर्थिक वर्ष २०७७/०७८ मा भने रु २४ लाख ७८ हजार ६ सय १६ रकम लक्ष्य राखेकोमा तोके भन्दा बढी २७ लाख ६७ हजार ७ सय ७६ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।  
 
आर्थिक वर्ष २०७८/०८९ को पहिलो महिना श्रावणमा रु. ७ लाख ६ हजार ५० लक्ष्य राखेकोमा ६ लाख २८ हजार ९ सय ५७ रुपैयाँ अर्थात् ८९.०८ प्रतिशत, भाद्र महिनामा रु ९ लाख २५ हजार ३ सय ४७ लक्ष्य राखेकोमा ८ लाख ११ हजार ४ सय ३२ रुपैयाँ अर्थात् ८७.६९ प्रतिशत, आश्विन महिनामा रु. ९ लाख ४७ हजार ६ सय ८७ लक्ष्य लिएकोमा ७ लाख ७४ हजार ६ सय ११ रुपैयाँ अर्थात् ८१.८९ प्रतिशत र कार्तिक महिनामा रु.१० लाख १० हजार ६ सय १४ लक्ष्य लिएकोमा हाल सम्म ८ लाख २७ हजार ३ सय ११ रुपैयाँ अर्थात् ८१.८९ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको कैलाली भन्सार कार्यालय धनगढीका सूचना अधिकारी अम्बिका के.सी. ले जानकारी दिनुभयो । 

के.सी. का अनुसार अहिले निर्यात भन्दा आयात बढेको छ । निर्यातको अवस्था हेर्ने हो भने निर्यात हुँदैन भन्दा पनि हुने उहाँले बताउनुभयो । 

आयात अर्थात् बढी राजस्व संलकन हुने चिज बस्तुहरूमा पेट्रोल, डिजेल, मट्टितेल, र्माबल, टायल जस्ता चिज बस्तुहरू रहेका छन् । भने निर्यात गथ्था लगायतका कच्चा पदार्थ मात्रै भइरहेको सूचना अधिकारी केसीले बताउनुभएको छ । आयतको तुलनामा निर्यातमा अत्यधिक कमी आउँदा समग्र देशको अर्थतन्त्रमा घाटा पुग्ने देखिन्छ ।