प्रदेश १ मा मात्र २ भोटले पछिपरे गुरूराज

प्रदेश १ मा मात्र २ भोटले  पछिपरे  गुरूराज

नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत प्रदेश १ कार्यसमिति सभापतिमा उद्धव थापा विजयी भएका हुन् । 
उनले अध्यक्षका अर्का उम्मेदवार गुरूराज घिमिरेलाई २ भोटले पछि पारेका हुन् । 

मतगणना शुरू भएदेखि नै अग्रता कायम राख्दै गएका घिमिरे अन्तिम समयमा आएर २ भोटले पछि परे। 

नेविसंघको पूर्वअध्यक्ष समेत रहेका घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन् भने सभापतिमा विजयी बनेका थापाले ८ सय ४४ मत पाएका छन् ।