भारतमा एकै दिन १७ जनामा ओमिक्रोन

भारतमा एकै दिन १७ जनामा ओमिक्रोन

भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ ।

पछिल्लो २४ घन्टामा राजस्थानमा ९ र महाराष्ट्रमा ८ जनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट फर्केका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको हो ।
यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो । अहिलेसम्म अमेरिका, अस्ट्रेलिया, बेलायत र नेदरल्यान्डसहित २५ देशमा ओमिक्रोन देखिसकेको छ ।