ओमिक्रोनको आशंकामा सुदूरपश्चिमबाट नमूना परीक्षण गर्न काठमाडौं पठाउन थालियो

ओमिक्रोनको आशंकामा सुदूरपश्चिमबाट नमूना परीक्षण गर्न काठमाडौं पठाउन थालियो

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । विषेश गरि भारतबाट फर्किने नागरिकहरुमा कोरोना संक्रमण देखिएको हो । भारतबाट फर्किनेहरुको सीमा नाकामा नियमित कोरोना परीक्षण भइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमण रिपोर्ट पोजेटिभ देखिएकाहरुलाई आइसोलेसनमा राखेर नमूना संकलन गरी काठमाडौं पठाउन थालिएको जनाइएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको आशंकामा नमूना परीक्षण गर्न काठमाडौं पठाउन थालिएको हो । हाल सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण फेरि बढ्न थाले पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको परीक्षण गर्ने व्यवस्था भने छैन् ।

त्यसकारण आमिक्रोनको आशंकामा नमूना परीक्षण गर्न काठमाडौं पठाउनु पर्ने बाध्यता छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा प्रवक्ता नरेन्द्र कार्कीले भारतबाट फर्किनेहरुमा संक्रमण देखिएपछि सम्बन्धित स्थानीय तह, स्वास्थ्य कार्यालय र अस्पतालको समन्वयमा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई परीक्षणका लागि नमूना काठमाडौं पठाउने जिम्मेवारी दिइएको जानकारी दिएका छन् ।