पुलघाटमा स्थापना गरिएको खोप केन्द्रमार्फत २७७ जनाले लगाए कोरोना खोप

पुलघाटमा स्थापना गरिएको खोप केन्द्रमार्फत २७७ जनाले लगाए कोरोना खोप

दार्चुला । नेपाल–भारत जोड्ने खलंगा पुलघाटमा स्थापना गरिएको खोप केन्द्रमार्फत २ सय ७७ जनाले कोरोना खोप लगाएका छन् । मंसिर १५ गतेदेखि सञ्चालनमा आएको सो खोप केन्द्रमार्फत मङ्गलवार सम्म २ सय ७७ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । 

स्वास्थ्य कार्यालय दार्चुलाका हेल्थ असिस्टेन्ट बलबहादुर लोहारका अनुसार १ सय ५२ जना पुरुष तथा १ सय २५ जना महिलाले खोप लगाएका छन् । कोरोनाविरुद्धको कोभिशिल्ड खोप ५० जना र भेरोसेल खोप २ सय २७ जनाले लगाएको उनले बताए ।

स्वास्थ्य कार्यालय दार्चुलाले पुलघाटस्थित हेल्थ डेस्कमार्फत १८ वर्षमाथिका नागरिकलाई नियमित खोप लगाइरहेको छ । दार्चुलामा छुटेका बाहेक लक्षित समूहका नागरिकलाई खोप लगाइ सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।