जनताले उत्पादन गर्ने बस्तु घरेलु उद्योग मार्फत बजार सम्म पुर्‍याउन नीति बनाउँछौंः मुख्यमन्त्री भट्ट

जनताले उत्पादन गर्ने बस्तु घरेलु उद्योग मार्फत बजार सम्म पुर्‍याउन नीति बनाउँछौंः मुख्यमन्त्री भट्ट

धनगढी । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेशको दोस्रो अधिवेशन एवं दोस्रो महिला सम्मेलन धनगढीमा सुरु भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मेलनको उद्घाटन गर्नुभएको हो । 

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले जनताले उत्पादन गरेको कुरालाई घरेलु उद्योग मार्फत बजारमा बिक्री वितरण गर्न प्रदेश सरकारले नीति बनाउन आवश्यक रहेको बताउनुभयो । सो बारे प्रदेश सरकारले छलफल समेत अगाडि बढाएको बताउँदै उहाँले हामी राजनीतिक परिवर्तनले सङ्घीयतामा गए पनि चिन्तनगत रूपबाट प्रशासनिक रूपबाट सङ्घीयतालाई न स्विकारी सकेको हुनाले काम गर्न समस्या उत्पन्न भइरहेको बताउनुभयो । 

त्यस्तै, मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश तथा सङ्घीय  सरकारले प्रदान गरेका अनुदानहरू प्रयोगमुखी भए नभएको हामी सबै मिलेर निगरानी, अनुगमन गर्ने र गलत गर्ने अर्थात् अनुदान लिनका लागी मात्रै लिने हरूलाई कारबाहीको दायरमा ल्याउनु पर्ने बताउनुभयो । 

उहाँले हाम्रो समाज निःशुल्क प्राप्त भएको चिज बस्तुलाई अर्थहीन तरिकाले खर्च गर्ने परिपाटिको भएकोले यसको नियन्त्रणको लागी के(कस्तो खालको नीति नियम बनाउनु पर्ने हो नेपाल घरेलु तथा साना उद्योग महासङ्घ प्रदेशको दोस्रो अधिवेशन बाट आवश्यक सुझाव आउने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका कार्य बाहक अध्यक्ष नर बहादुर रावलको प्रमुख आथित्यतामा सुरु भएको सम्मेलनका प्रमुख अतिथि मुख्यमन्त्री त्रिलोचन भट्ट रहनुभएको थियो । 

यस्तै विशिष्ट अतिथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मान बहादुर धामी, प्रदेश सभा सदस्य तथा महासङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश रावल, प्रदेश सभा सदस्य एवंम समितिका अध्यक्ष हर्क बहादुर कुँवर र प्रदेश सभा सदस्य एवंम महासङ्घ कैलालीका संस्थापक उपाध्यक्ष डिल्लीराज पन्त लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।