विश्वभर ५ लाख ७४ हजार कोरोना संक्रमित थपिए

विश्वभर ५ लाख ७४ हजार कोरोना संक्रमित थपिए

विश्वभर ५ लाख ७४ हजार ३७२ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन् भने ४ लाख ५९ हजार ५४२ जना संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा ९२ हजार ७९, फ्रान्समा ५९ हजार १९, जर्मनीमा ५१ हजार ५९२, बेलायतमा ४५ हजार ६९१, रुसमा ३१ हजार ९६ र टर्कीमा २२ हजार ६८७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै अमेरिकामा ५३ हजार ८३५, जर्मनीमा ५० हजार ३००, बेलायतमा ४१ हजार ५१९, रुसमा ३४ हजार ६१५ र टर्कीमा २४ हजार ३६६ जना कोरोनामुक्त भएका छन् ।

यही अवधिमा ७ हजार ४४५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ५३०, रुसमा एक हजार १८२, जर्मनीमा ४४८, ब्राजिलमा २७८, टर्कीमा १९८, बेलायतमा १८०, फ्रान्समा १७२ जना छन् ।