भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटना अपडेट : पाँच जनाको मृत्यु

भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटना अपडेट : पाँच जनाको मृत्यु

भारतीय सेनाका प्रमुख बिपिन रावतसहित सवार हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल बिपिन रावतसहित सेनाका अधिकारी सवार वायुसेनाको हेलिकोप्टर आज तमिलनाडुस्थित कुन्नुर नजिक दुर्घटनामा परेको बीबीसीले उल्लेख गरेको छ।

भारतीय वायु सेनाले ट्विटरमा दिएको जानकारी अनुसार एमआई-१७ को ५ औं हेलिकोप्टर थियो। तमिलनाडुका वन मन्त्री रामचन्द्रनका अनुसार हेलिकोप्टरमा १४ जना सवार थिए। उनका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जनाको स्थिति गम्भीर रहेको छ।   

जनरल रावत जनवरी २०२० मा  भारतको पहिलो चिफ अफ डिफेन्स नियुक्त भएका थिए। भारतीय वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउनका लागि जाँचको आदेश दिएको छ।