अस्ट्रेलियाकाे टी–२० लिग बिग बाशमा नेपालका बलर सन्दीप लामिछाने आबद्ध क्लब होबार्ट ह्युरिकेन पराजित भएको छ । आज बुधवार भएकाे होबार्ट ह्युरिकेन्स सिड्नी सिक्सरसँग १४ रनले पराजित भयो ।
सिक्सर्सले दिएको एक सय ४५ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रनमात्रै बनाउन सक्यो । हाेबार्टका लागि पिटर ह्यान्ड्सकम्बले ४७, म्याथ्यु वेड र कलेब जेवलले २०–२० रन बनाए पनि अन्य खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ सिक्सर्सका लागि टम करनले तीन र हेडेन केरले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे सिक्सर्सले निर्धारति ओभरमा नाै विकेट गुमाएर एक सय ४४ रन बनायाे । हाेबार्टका लागि थाेमस राेजर्सले तीन र नाथन इलिसले दुई विकेट लिए । आजको खेलमा सन्दीप लामिछानेले चार ओभरमा २४ रन दिएर एक विकेट लिए ।