भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस बैतडीमा सम्पन्न

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस बैतडीमा सम्पन्न

बैतडी । “भस्ट्राचारमुक्त समाज को निर्माण गरौँ भन्ने मूल नाराका साथ“ भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस बैतडी पनि सम्पन्न भएको छ । आज बिहीबार दशरथ चन्दनगरपालिका बैतडीको सभा हलमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सम्पन्न भएको हो ।

राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ । भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइउदै आइरहेको छ ।

कार्यक्रम मा बोल्दै नागरिक समाज बैतडी का प्रमुख गणेश ठ्कुराठी ले कार्यपत्र प्रस्तुत गर्दै यो देशको विकास को लागि विदेशी देशहरूले सहयोग गरेको छ । यहाँ सही काम गर्ने को जनसङ्ख्या ३ प्रतिशत मात्र रहेको छ ।

भ्रष्टाचारीको सङ्ख्या ५० प्रतिशत रहेको बताएका छन् । भ्रष्टाचार गरेर कलकारखाना भाटभटेनी जस्ता सञ्चालन गरेकाछन हामी ले अब सोच्ने बेला आएको छ यस्ता भ्रष्टाचारी हरूलाई तह लगाउनु पर्ने बेला आएको छ यो देशमा ठुला नेताहरूले मात्र भ्रष्टाचार गरेर देश कुम्ल्याएको आरोप समेत लाएका छन् ।

यस्तै कार्यक्रममा बोल्दै सुर्नयागाउपालिका नागरिक देव बहादुर चन्द ले सुर्नयागाउपालिकाले अहिले सम्म गरेका काम हरुको सूचना उपलब्ध गरिपाउ भन्दा मैले सूचनाको हक प्रयोग गर्दा गर्दै पनि सूचना लुकाएको र पटक पटक भन्दा पनि अटेरी गरेको उहाँले बताएका छन् । सुर्नयागाउ पालिका ले सूचना उपलब्ध गरेन सूचना लुकाएको छ अटेरी गर्‍यो भनी जिल्ला प्रशासनमा समेत निवेदन पेस गरेको उहाँले बताएका छन् ।

यता सुर्नयागाउपालिका ले अहिले सम्म गरेका काम काज हरुको सूचना पाउँ भनी निवेदन पालिकामा पेस गरेको र पालिकाले अहिले सम्म कुनै जबाफ न आएको भनी जिल्ला प्रसान मा निवेदन आएको हुनाले जिल्ला प्रशासनबाट ७ दिन भित्र सूचना उपलब्ध गराउनु होला भनी सूचना पठाएको र ७ दिन भित्र सूचना उपलब्ध न गराए थप कारबाही गर्ने सायक सिडिओ खगेन्द्र भारती ले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि दशरथ चन्द नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष एवम् निमित्त नगर प्रमुख मोहन चन्द कार्यक्रम का विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय बैतडी का सायक प्रमुख जिल्लाअधिकारीखगेन्द्र भारती चार वटै सुरक्षा निकायका प्रमुख लगायत कार्यालय प्रमुख नागरिक समाज पत्रकारहरू हरुको सहभागिता रहेको थियो ।