बिहीबार सुदूरपश्चिममा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार सुदूरपश्चिममा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहीबार ८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७१६ नमुना परिक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार पिसिआर विधिबाट ६३ नमुना परिक्षण गर्दा दुई जना र एन्टिजेन विधिबाट ६५३ नमुना परिक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो ।

हालसम्म सुदूरपश्चिम प्रदेशमा ४८ हजार ९८ जनामा संक्रमण पुष्टि भएको छ । भने ६१० जना संक्रमितको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।