आउँदाे सरकार कांग्रेसकै हुन्छ, मलाई साथ दिनुस् : सभापति देउवा

आउँदाे सरकार कांग्रेसकै हुन्छ, मलाई साथ दिनुस् : सभापति देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले देशमा हुने आउँदाे चुनावमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता/कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 

पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज शुक्रवार सम्बोधनका क्रममा उहाँले आउँदो सरकार कांग्रेसको हुनेमा निश्चिन्त रहन आग्रह गर्दै त्याे जिम्मेवारी आफ्नो भएको विश्वास दिलाउनुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘आफ्नो सरकार गठन हुनुअघि देशमा कस्तो डर त्रास थियो । मेरो सरकार गठन भएलगत्तै नागरिकले ओली (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) को शासनबाट मुक्ति पाए । पाएको मुक्ति बचाउने हो कि होइन, महाधिवेशनले तय गर्नेछ । आउँदो सरकार कांग्रेसको हुन्छ, त्यो मेरो जिम्मेवारी हो । आउँदाे चुनावमा पार्टीमा कुनै समस्या नआओस् ।’ 

पालिका र सङ्घीय सरकार कांग्रेसकै हुने नेता/कार्यकर्तालाई आश्वस्त पार्दै उहाँले त्यसका लागि एक पटक आफूलाई जिताउन आग्रह गर्नुभयो । ‘डर, त्रास मुक्त शासन व्यवस्था ल्याइन्छ, ल्याइन्छ, मलाई साथ दिनुस्’, प्रधानमन्त्री देउवाले भन्नुभयो ।