दियो सरी सन्देश दिँदै धनगढीमा सञ्चालनमा आयो आलोक मल्टी कन्सर्न प्रा.लि.

दियो सरी सन्देश दिँदै धनगढीमा सञ्चालनमा आयो आलोक मल्टी कन्सर्न प्रा.लि.

धनगढी । जसरी बलिरहेको दियोले आफू जलेर हामीलाई प्रकाश प्रदान गर्छ । उज्यालो ऊर्जा प्रदान गर्ने गर्दछ । हो त्यसरी नै एक सकारात्मक ऊर्जा, सन्देशका साथ १० करोडको लगानीमा धनगढीमा फर्निचर उद्योग सञ्चालनमा आएको छ ।

त्यो उही फर्निचर उद्योग हो जो गत फागुन २२ गते भएको भीषण आगलागी पछि ध्वस्त, पलभरमै खरानी बनेको थियो ।

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा अवस्थित आलोक मल्टी कन्सर्न प्रा.लि. गत फागुन २२ गते २०७७ का दिन तेल र बाती राखेर बाल्न तयार गर्नै लागेको दियो तेल सहित पल्टिएर फुटेर टुक्रा-टुक्रा भए झैँ उद्घाटनको केही दिन बाँकी रहँदा भीषण आगलागीबाट अकल्पनीय करौडौं को क्षेती व्यहोर्न बाध्य भएको थियो ।

May be an image of one or more people, people standing and outdoors

करोडौँ क्षति व्यहोरेर शून्य जस्तै अवस्थामा पुगेको आलोक मल्टी कन्सर्न प्रा.लि.का सञ्चालक हुन् भोजराज भट्ट । आज उनको पेसा प्रतिको लगाव र स्वच्छ ऊर्जावान् विचार र आँटका साथै कैलाली उद्योग वाणिज्य सङ्घ र सत्कर्ममा अग्रसर सुदूरपश्चिमेलीहरुको सहयोगबाट शनिवार दुःख, पिडा, समस्या जस्तो सुकै आए पनि सत्कर्म, आपसी मेलमिलाप, सद्भावना, हिम्मत र आँटका साथ अगाडि बढेमा आलोक मल्टी कन्सन आफ्नो पीडा भुल्दै नागरिक र सुदूरपश्चिम प्रदेको सेवामा समर्पित हुन सक्छ भने अन्य नव युवा व्यवसायीहरू कम लगानी अथवा घाटामा गएका युवा व्यवसायीहरूले पनि सत्कर्म गर्ने हिम्मत र इच्छा का साथ अगाडी बढे अवश्य सफल हुनेछन् भन्ने सन्देश दिँदै शनिवारबाट सुदूरपश्चिमेलीहरुको सेवामा, प्रतिस्पर्धाको बजारमा हिस्सेदार बनेको छ । भाग लिएको छ ।

पुनः निर्माणपछि शनिवार देखी सञ्चालनमा आएको उद्योगको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले सु-सन्देश सहित उद्घाटन गर्नुभएको हो ।

No description available.

उद्घाटन समारोहमा शुभकामना दिन पुग्नुभएका कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले आलोक मल्टी कन्सर्न ले विपतको सामना भोग्नु परेको सम्झिँदै विपद्को समयमा उद्योग वाणिज्य सङ्घले राहत अर्थात् सहयोग गर्न थालनी गरेको अभियानमा साथ दिनुहुने सम्पूर्णमा आभार प्रकट गर्नुभएको छ । उहाँले यस्तो घटना सकेसम्म कसै कोमा नदोहोराउन र भई हालेमा यसरी नै सबैले साथ सहयोग गर्नुहुने छ । भन्ने विश्वास व्यक्त गर्नु भएको छ । अध्यक्ष कुँवरले आलोक मल्टी कन्सर्न सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्नुहुँदै, अहिले हाम्रो राज्यको कानुनी व्यवस्थाका अल्झनले गर्दा मलेसिया लगायताका अन्य विदेशीमुलुको काठ भित्र्याउन बाध्य भएको र समृद्ध नेपाल निर्माणको यात्रा लाई सहज बनाउन यस्ता समस्याको पनि अन्त्य गर्नुपर्ने उहाँको भनाई रहेको थियो ।

यस्तै, कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवम् सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले उद्घाटन हुनुभन्दा पहिले ठुलो दुर्घटना बेहोर्नु परेको आलोक कन्सर्न टिमले पुनः पहिलेको भन्दा थप ऊर्जाका साथ पुनर्जीवन गराउनुले बैङ्कको व्याज, कोरोना लगायतका विभिन्न कारणले शिथिल भएको निजी क्षेत्रका व्यवसायीहरू निराश भएर व्यवसायबाट पलायन हुनुपर्छ कि भन्ने सोच भएको बेला मनोबल बढाएको बताउनुभयो । उहाँले, यो जल्दा डिप्रेसनमा जानु हुन्छ कि ? आत्म हत्या गर्नु हुन्छ कि ? अथवा के गर्नु हुन्छ भन्ने लागेको थियो तर उहाँले जुन ऊर्जाले पुनः सुरु गर्नुभयो । यसले निजी क्षेत्रको नै नाक ठाडो पारेको बताउनुभयो । हमालले देशमा व्यवसायीहरू लाई देख्ने वित्तिक्कै ठग, चोर हो भन्ने खालको मनस्थिति बनाउन छोड्नु पर्ने र व्यवसायीहरू लाई प्रोत्साहित गर्नु पर्ने र व्यवसायीलाई प्रोत्साहित गरे रोजगारी सिर्जना हुनुको साथ-साथै समाज समृद्धिको बाटोतर्फ उन्मुख हुने उहाँले बताउनुभयो ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रवक्ता पूर्णा जोशीले खरानीबाट बौरिएको आत्म विश्वासले धेरै राम्रा काम गर्न सक्ने बताउनु भयो । 'उद्घाटनको चरणमा पुगिसकेको उद्योग आगलागीबाट ध्वस्त हुँदा खेरी उहाँमा भएको आत्मविश्वास, साहस, ऊर्जा लाई डढ्न दिएन । त्यसले गर्दा खेरी खरानीबाट बौरिएको आत्म विश्वासले धेरै गर्न सक्छ भन्ने मलाई लाग्छ ।' उहाँले भन्नुभयो ।

मन्त्री जोशीले यस्तो अवस्थामा पनि सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गर्न नसकेको बताउँदै, 'निजी क्षेत्र जसरी लागेको छ । यसमा तपाईँहरूलाई मैले आफूले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउँद छु । तपाईँले दिएको आत्म विश्वासको सन्देशलाई मर्न नदिने र आलोक मल्टी कन्सर्न सबैको चाहानाको केन्द्र विन्दु बन्न सकोस् भन्दै शुभकामना दिन चाहन्छु ।' उहाँले भन्नभयो ।

यसै गरी गरी, उद्योगको उद्घाटन गर्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आलोक मल्टी कन्सर्न लाई पूर्ण सफलताको शुभकामना दिँदै अहिलेको प्रतिस्पर्धाको युगमा ठुलो घाटा बेहोरेर पनि आत्म विश्वासका साथ पुनः उद्योग सञ्चालनमा ल्याउनुभएकोमा धन्यवाद ज्ञापन गर्नु भएको छ । मुख्यमन्त्री भट्टले राम्रो फर्निचर लिनु पर्दा काठमाडौँ लगायतका अन्य स्थानबाट ल्याउनु पर्ने अवस्थाको अन्त्य गर्नुभएकोमा र हाम्रो आफ्नो प्रदेशमा प्रेरणा सहितको रोजगारी सिर्जना गर्नुभएकोमा आभार प्रकट गर्दै आलोक मल्टी कन्सर्नले उत्पादन गरेका फर्निचरको माग सुदूरपश्चिम प्रदेशमा मात्र नभई देशैभर होस भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

साथै, आलोक मल्टी कन्सर्न प्रा.लि.का सञ्चालक भोजराज भट्टले विषम परिस्थितिमा साथ,सहयोग, अत्मविश्वस, हौसला प्रदान गर्ने सम्र्पुण प्रति ऋणी रहेको बताउँदै आगामी आउने दिनमा पनि उद्योगको वृद्धि विकासको लागी साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ ।

आलोक मल्टी कन्सर्न प्रा.लि.सञ्चालनमा आए सँगै भारत, चीन तथा अन्य मुलुकदेखि ल्याइएका कच्चा पदार्थबाट धनगढीमै अत्याधुनिक मेशिनको प्रयोग गरेर फर्निचरका सामान उत्पादन हुने छन् भने उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरी ८० जना भन्दा बढीले रोजगारी पाएका छन् ।