पेशागत महासङ्घ नेपाल बैतडीको प्रथम जिल्ला अधिवेशनबाट साउद अध्यक्षमा चयन

पेशागत महासङ्घ नेपाल बैतडीको प्रथम जिल्ला अधिवेशनबाट साउद अध्यक्षमा चयन

बैतडी। पेशागत महासङ्घ नेपाल बैतडीको प्रथम जिल्ला अधिवेशनबाट लक्ष्मण कुमार साउदको अध्यक्षतामा २९ सदस्यीय चयन भएका छन् ।

शनिवार बिरेन्द्र माध्यमिक विद्यालय साहिलेक बैतडी मा भएको अधिवेशनवाट साउद अध्यक्षमा चयन भएका हुन् । सह संयोजक हरिना भट्ट, सचिव अमर सिंह कार्की, सह सचिव राम सिंह महरा, कोषाध्यक्ष चन्द्र देब भट्ट निर्विरोध चयन भएका हुन ।

नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य परमानन्द भट्ट को प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथि नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य  सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव एवम् पूर्व उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्ट (एस) का  जिल्ला अध्यक्ष महादेव भट्ट प्रगतिशील नेपाल रास्टिय शिक्षक सङ्गठन का केन्द्रीय सदस्य तथा पेशागत शिक्षक सङ्गठन का सुदूरपश्चिम का सदस्य एवम् बैतडी इन्चार्ज पदम सिंह ठगुन्ना जिल्ला सचिव हर्क धानुक लगाए नेता कर्मचारी पत्रकारहरूको सहभागिता रहेको थियो ।