स्वरोजगार विकास कोष सम्बन्धी विधेयकलाई मन्त्रीपरिषदको स्वीकृति

स्वरोजगार विकास कोष सम्बन्धी  विधेयकलाई मन्त्रीपरिषदको स्वीकृति

सुदूरपश्चिम प्रदेश मन्त्री परिषदको बैठकले सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ लाई स्वीकृति प्रदान गरेको छ ।

मन्त्रीपरिषदको शुक्रबारको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार गरेको विधेयकलाई प्रदेश सभामा पेश गर्ने गरी स्वीकृति प्रदान गरेको मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिब ओलीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले चालू आर्थिक बर्षको बजेटमा स्वरोजगार विकास कोष बनाउँदै युवाहरुलाई स्वरोजगार बनन प्रेरित गर्ने कार्यक्रम शुरु गर्ने घोषणा गरेको थियो । यस्तै मन्त्रीपरिषदको शुक्रबारकाके बैठकले मुख्यन्त्री अन्तर प्रदेश कप खेलकूद प्रतियोगिता ब्यवस्थापन निर्देशिका २०७५ पनि पारित गरेको छ ।

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकूद प्रतियोगिता आगामी चैत ३, ४ र ५ गते प्रदेशको राजधानी धनगढीमा आयोजना हुँदैछ । यस प्रतियोगितालाई ब्यवस्थापन गर्न निर्देशिका पारित गरिएको हो ।

प्रतियोगितामा ७ वटै प्रदेशका खेलाडी सहभागी हुने र अतिथिको रुपमा सबै प्रदेशका मुखयमन्त्रीहरुकको उपस्थित रहने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जानकारी दिएको छ ।