नेकपा एस शिवनाथ गाउँपालिका कमिटीको अध्यक्षमा विरभान मेहता चयन

नेकपा एस शिवनाथ गाउँपालिका कमिटीको अध्यक्षमा विरभान मेहता चयन

बैतडी  । नेकपा (एकीकृत समाजवादी) शिवनाथ गाउँपालिका कमिटीको अध्यक्षमा विरभान मेहता चयन भएका छन्।   आईतवार सम्पन्न अधिवेशनले मेहताको अध्यक्षतामा ६५ सदस्यीय गाउ कमिटी गठन गरेको हाे ।

कमिटीकाे उपाध्यक्षमा राजेन्द्र दत्त भट्ट, कमली साउद चयन भएका छन्। सचिवमा कर्मसिह साउद तथा उप-सचिवमा हरिसिह साउद, सुरतसिह चाड,पदमसिह चाड लगायत चयन भएका छन्।

बैतडी जिल्ला कमिटी सदस्य जनक मेहताको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो। नेकपा एसले बैतडीका पालिका तथा वडास्तरमा अधिवेशनमार्फत् कमिटी गठनलाई तीव्रता दिइरहेको छ। शिवनाथ गाउपालिका मा कमिटी गठन गरेसङ्गै नेकपा एसले जिल्ला भरिका  १० वटा पालिकामध्ये  ९ वटा पालिकामा र ४१ वडाहरूमा कमिटी गठन गरिसकेकाे नेता दिनेश ठगुन्नाले वताउनुभयाे। यसैगरि पञ्चेश्वर गाउपालिकामा भाेलि अधिवेशन राखिएकाे समेत उनले वताउनुभयाे।

कार्यक्रमका प्रमुख  अतिथि केन्द्रीय पाेलिटव्याेराे सदस्य परमानन्द भट्ट रहनुभएकाे थियाे, यसैगरि विशिष्ठ अतिथिमा सुदूरपशिम प्रदेशका पूर्व उद्योग पर्यटन, वन तथा बाताबरण मन्त्री माया भट्ट, नेकपा (एस)  बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट,  प्रदेश कमिटी सदस्य हजारी साउद,लक्ष्मण भट्टलगायतका नेता कार्यकता हरुको सहभागिता रहेको थियो।

यस्तै, शिवनाथ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी २३ नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।  शिवनाथ गाउँपालिका गाउँ कमिटीले आज राखेको पालिकास्तरीय अधिवेशन कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन्।

प्रवेश गर्ने कार्यकर्तालाई पार्टी पोलिटव्यूरो सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि परमानन्द भट्टले टिकाई लगाइ सदस्यता प्रदान गरेका हुन ।