भूपेन्द्रका बुवा भन्छन्, 'न्यायाधीश ज्यु हामीले आत्मा लिएर आएका हौँ, तपाई पनि त कसैको बुवा हो...'

भूपेन्द्रका बुवा भन्छन्, 'न्यायाधीश ज्यु हामीले आत्मा लिएर आएका हौँ, तपाई पनि त कसैको बुवा हो...'

धनगढी । कैलालीका भूपेन्द्र बडूवालका हत्यारालाई कारबाहीको माग गर्दै कैलाली जिल्ला अदालतका न्यायधिसलाई अस्तु बुझाएका छन् । 

सोमवार बडूवालका आफन्तहरूले धनगढीमा हत्यारालाई कारबाही गर्न माग गर्दै प्रदर्शन तथा बडूवालका बुवा, ठुला बुवा र आमाले कैलाली जिल्ला अदालतका १ नम्बर बेन्च हेर्ने न्यायधिसलाई अस्तु बुझाएका हुन् । 

निष्पक्ष न्यायको माग गर्दै अस्तु बुझाउन जिल्ला अदालत कैलाली पुगेका भूपेन्द्रका बुवा डम्मर बडूवाल ले आफ्नो बच्चा नरहे पनि बाँकी रहेका बच्चाहरूको लागी न्यायमुर्तिहरुले सोची दिन आग्रह गरेका छन् । ''हामीले हाम्रो बच्चाको आत्मा ल्याएका हौँ । न्यायाधीश हरूलाई हाम्रो बच्चा नरहे पनि अब आउने बाँकी बच्चा हरूको भविष्यको लागी पनि सोचिदिनुहोला भनेर अस्तु बँझाएका छौँ ।'' उनले भने । 

बडूवालले थप्दै, ''हामीले निर्दोष मान्छे फसोस् भन्ने आफूहरूले पनि नचाहेको बताएका छन् । न्याय मूर्तिहरूले भूपेन्द्रको अस्तु (आत्मा) माथि हात राख्दै निष्पक्ष न्याय दिने आश्वासन दिएको बताए । हाम्रो छोराको आत्मा बुझ्दै उहाँहरू (न्यायधीस)हरुले निष्पक्ष न्याय दिने प्रतिबद्धता जनाएका छन् । हामीले महसुस गरेका छौँ । अस्तुको सुरक्षा र शुद्धताको निम्ति भए पनि तपाई फिर्ता लग्नुहोस् भनेकाले आत्माको सम्मको लागी भए पनि  हामीले अस्तु फिर्ता लिएका छौँ । आवश्यक परे फेरी ल्याउन तयार छौँ । हामीले उहाँहरूलाई भनेका छौँ कि हाम्रो बच्चा त गयो फर्केर आउँदैन तर तपाईँहरूको घरमा पनि बाल बच्चा होलान्, तपाइ पनि कसैको बाबु हो ? त्यसैले अबका दिनमा भूपेन्द्र जस्ता छोराहरूले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर हामीले उहाँहरू समक्ष न्यायको भिक मागेका छौँ ।'' उनले भने । 

त्यस्तै, भूपेन्द्र बडूवालका ठुला बुवा भगत बडूवालले न्याय नपाए प्रतिशोधमा उत्रिने चेतावनी दिएका छन् । उनले आफूहरूले हिंसा न चाहेको र अबका दिनमा अन्य कसैका पनि छोरा, छोरीले पनि भूपेन्द्र को जस्तो अवस्था भोग्नु नपरोस् भन्ने उद्देश्यले हामी अहिले निष्पक्ष न्यायको अपिल गरिरहेको बताए । ''अहिले भगत बडूवाल शान्त भएर निष्पक्ष न्यायको अपिल गरिरहेको छ । हत्यारा हरूलाई यसरी नै धरौटीमा छोड्दै गएमा र न्याय नपाइएमा बाध्य भएर बद्ला को भाव सहितको आन्दोलन हुन्छ । त्यसको जिम्मेवारी पनि अदालत ले लिनुपर्छ । हामी न्याय नपाए चुप लागेर कसरी बस्ने यो साङ्केतिक आन्दोलन हो । आहा छ न्याय मूर्ति ज्युहरूले आत्मा छोएर गरेको बाचा नभुली निष्पक्ष न्याय दिनुहुने छ । 

यसै गरी, कोख रित्तो पारेर हातमा खरानी मिश्रित अस्तु समातेर गह भरी आँसु झार्दै निष्पक्ष न्यायको अपिल गर्न पुगेकी मृतक कि आमा दुर्गाले न्यायधिसहरु पैसामा बिकेर हत्यारा छोड्न लागेको बताउँदै अब त न्याय पाउने आस पनि मर्न लागेको भक्कानिँदै भनिन्, ''न्यायधिसहरु पैसामा बिक्न लागे । न्याय नपाइने भयो । मेरो छोरालाई त्यही हर्क रावलले मार्‍यो । क-कसलाई ट्रेनिङ दिएर । न्याय नपाए म जुनसुकै हद सम्म पनि जान तयार छु । म पनि बद्ला को भावना लिएर अगाडी बढ्छु । मैले पनि कसैलाई मारेर आए यी न्यायधिसहरुले मलाई पनि ७ दिन कारागार राखेर धरौटीमा छोड्नु पर्‍यो । के-के बोल्नु म ? छोराको न्यायको लागी कति आँसु बगाउनु कति बिन्ती चढाउनु म तयार छु ।'' उनले भनिन् । 

भूपेन्द्र बडूवाल हत्या प्रकरणमा तीन जना अभियुक्त धरौटी राखेर तारेमा रिहा भएपछि मृतकका आफन्तले सोमवार धनगढीको पार्क मोड देखी जिल्ला अदालत कैलाली अगाडि प्रदर्शन समेत गरेका थिए । हत्यामा संलग्न सबै जनालाई कारबाहीको माग गर्दै उनीहरूले धनगढी बजार क्षेत्र र कैलाली जिल्ला अदालत मूल गेटमा प्रदर्शन गरेका हुन । उनीहरूले हत्यामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

मृतकका आफन्तले मृतक बडूवालको अस्तु र हत्याका प्रतिवादीहरूको तस्बिर लिएर प्रदर्शन गरेका हुन । उनीहरूले हत्यारा लेखिएका तस्बिर हात–हातमा बोकेका थिए । गएको कार्तिक २३ गते राति ९ बजेतिर टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटेल नजिक लम्की चुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्रको धारिलो हतियार प्रहरी गरी हत्या गरिएको थियो ।

कैलाली प्रहरीको अनुसन्धानबाट सङ्गठित अपराधमा क्रियाशील आपराधिक समूहले बडूवालको हत्या गरेको खुल्न आएको छ । हत्याको आरोपमा २१ जनाविरुद्ध उजुरी परेको थियो । जसमध्ये १२ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका माध्ये कैलाली जिल्ला अदालतमा थुनछेक बहसपछि नौ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । भने, तीन जना धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । 

अदालतको आदेश अनुसार लम्की चुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, दीपेन्द्र शाही, १९ वर्षीय मदन शाहीलाई कारागार चलान गरिएको छ । यसै गरी, लम्की चुहा नगरपालिका–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का २१ वर्षीय रोहित आले, २३ वर्षीय प्रवीण रिमाल र टीकापुरकै २५ वर्षीय सोहन शाहलाई पुर्पक्षका लागि जेल पठाइएको छ ।

घटनाका मतियार भनिएका बर्दगोरिया गाउँपालिका–२ का लोकुन्द्र कुँवर, सोही नगरपालिकाको वडा नम्बर ५ का २८ वर्षीय विकास खड्का र बर्दियाको ठाकुर बाबा नगरपालिका–३ का २६ सविनजङ्ग शाही भने धरौटी बुझाएर तारेखमा छुटेका छन् ।  भने हत्याका मुख्य अभियुक्त भनिएका नवीन रावल, जयन्द्र शाह लगायत नौ जना भारततिर फरार रहेका छन् ।

यद्धपी, मृतकका आफन्तले भने अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै हत्या घटनामा संलग्न कसैलाई पनि छोड्न नहुने र उनीहरूले हत्यारा सबैलाई कारबाही तथा फरार रहेकाहरूलाई ‘इन्काउन्टर’ गर्न माग गरेका छन् ।