नवजीवन सहकारीद्धारा एक बर्षमा १२ करोड २३ लाख मुनाफा आर्जन

नवजीवन सहकारीद्धारा एक बर्षमा १२ करोड २३ लाख मुनाफा आर्जन

धनगढी । धनगढीको नवजीवन सहकारी संस्था लिमिटेडले एक बर्षमा १२ करोड २३ लाख मुनाफा आर्जन गरेको छ । मंगलबार धनगढीमा २८ औं बार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक बर्ष २०७८/०७९ मा १२ करोड २३ लाख मुनाफा आर्जन गरेको जानकारी दिएको हो ।

चालु आर्थिक बर्षको चार महिनामा मात्रै संस्थाले १ करोड ८७ लाख मुनाफा आर्जन गरेको नवजीवन सहकारी संस्थाका महाप्रबन्धक डम्बर सिंह गुरुले जानकारी दिए । उनका अनुसार संस्थाको अधिकृत पुँजी ५० करोड पुगेको छ भने चुक्ता शेयर पुँजी २३ करोड ७९ लाख पुगेको छ ।

यस्तै सहकारीका शेयर सदस्यको संख्या २६ हजार पुगेको छ । संस्थाले हाल नौं वटा शाखा सेवा केन्द्र कार्यालयहरु स्थापना गरी सेवा दिँदै आएको छ । सबै शाखाहरुबाट ४ अर्ब १७ करोड निक्षेप संकलन भएको र विभिन्न क्षेत्रमा ३ अर्ब ६० करोड कर्जा प्रवाह भएको संस्थाका महाप्रबन्धक गुरुले बताए ।

संस्थाले स्थानीय पुँजीलाई बचतको रुपमा स्वीकार गरी यसै क्षेत्रका व्यक्तिहरुको आर्थिक स्तर बृद्धि गर्नमा निरन्तर सहयोग गर्दै आएको उनको भनाई छ । उक्त सहकारीमा हाल ११३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । विगत १५ बर्षदेखि निरन्तर सहकारी ऐनले तोकेको अधिकतम सिमासम्म बार्षिक १५ प्रतिशत शेयर लाभांश प्रदान गर्दै आएको छ ।

हालको बैकिङ्ग प्रतिस्पर्धाको अवस्थामा समेत संस्थाले आफुलाई परिमार्जित गर्दै थप बैकिङ्ग उपकरण सहतिको सरल र सर्बसुलभ सेवा प्रदान गरि स्वच्छ प्रतिस्पर्धा समेत गर्दै आइरहेको महाप्रबन्धक गुरुले जानकारी दिए । 

धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारी संस्थाले धनगढी, अत्तरीया, सुख्खड, टीकापुर र बर्दियाको बासगढी लगायतका शाखा मार्फत सेवा दिइरहेको छ ।