ट्यांकर विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु

ट्यांकर विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु

क्यारेवियन मुुलुक हैटीमा इन्धन बोकेको ट्याकर बिस्फोट हुँदा ६० जनाको मृत्यु भएपछि तीन दिनको शोक घोषणा गरिएको छ । क्याप हाइटिएन शहरमा गुडिरेको इन्धन सहितको ट्याकरबाट इन्धन चुहिएर बिस्फोट भएको हो ।

ट्यांकरबाट चुहिएको इन्धन लिन सर्वसाधारणको भीड लागेको बेला ट्यांकर बिस्फोट हुँदा ६० जनाको मृत्यु भएको हो । घटनामा दर्जनौ घाइते भएका छन् । घाइतेहरु पुरै जलेको अवस्थामा रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।


हैटीका प्रधानमन्त्री एरियल हेनरीले दुर्घटनापछि सम्पुर्ण क्यारेबियान राष्ट्र शोकमा डुबेको भन्दै ३ दिनको शोक घोषणा गर्नुभएको हो ।