तीन सह–महामन्त्री पदको मतगणना साँझ हुने

तीन सह–महामन्त्री पदको मतगणना साँझ हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार आज साँझ तीन सह–महामन्त्री पदको मतगणना हुने भएको छ । 

महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सह–महामन्त्री पदको मतगणना हुन लागेको निर्वाचन समितिले जनाएको छ ।

केही समय अगाडि मात्रै महामन्त्रीमा गगन कुमार थापा र विश्व प्रकाश शर्मा निर्वाचित भएका छन् । साथै यसअघि सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।