धनगढीको ट्राफिक व्यवस्थापनका लागी २ महत्त्वपूर्ण कदम, टैंक-ट्रक पार्किङ र अटो रिक्सामाथि जोरबिजोर प्रणाली लागू

धनगढीको ट्राफिक व्यवस्थापनका लागी २ महत्त्वपूर्ण कदम, टैंक-ट्रक पार्किङ र अटो रिक्सामाथि जोरबिजोर प्रणाली लागू

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अव्यवस्थित सवारी पार्किङ र सडकको चाप घटाउन दुई महत्त्वपूर्ण कामको थालनी गरीको छ । ती हुन्, १. नेपाल अयल निगम लिमिटेडको टैक-ट्रक पार्किङ स्थल उद्धघाटन र अटो रिक्सामाथि जोरबिजोर प्रणाली लागू गरिनु । 

बिहीबार धनगढी उप-महानगरपालिका भन्सार रोडको विद्युत् कार्यालय नजिकै निर्माण गरिएको पार्किङ स्थलको कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले उद्धघाटन गर्नुभएको हो । 

अहिले सम्म आयल निगमले धनगढीको चटकपुरस्थित ६ लेन सडकमा ट्याङ्करहरू पार्किङ गर्दै आएको छ । यस अघि सडक क्षेत्रमा जथाभाबी ट्याङ्कर पार्किङ गरिएपछि दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय चिन्तित बनेका थिए । भने अब पार्किङ स्थलको उद्घाटन सँगै सडकमा ट्याङ्कर पार्किङ गर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । 

आयल निगमले सञ्चालनमा ल्याएको पार्किङ स्थल सुरक्षित रहेको बताइएको छ । नेपाल पेट्रोलियम ढुवानीका केन्द्रीय उपाध्यक्ष मनि राम भट्टले पार्किङ स्थलमा प्रहरीको निगरानी रहने भएकोले पार्किङ स्थल सुरक्षित रहेको बताउँदै निर्धक्क भएर टैक(ट्रक पार्किङ गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गर्नुभएको छ ।   

यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले आयलनिगम धनगढीमा स्थापना भए देखी अहिले सम्म बजारमा पेट्रोलियम पदार्थको माग बढ्दै जाँदा टैक-ट्रकहरूको पनि सङ्ख्यामा वृद्धि भएका कारण पार्किङ स्थलको आवश्यकता महसुस गर्दै आयल निगम र ढुवानी व्यवसायीको संयुक्त प्रयासमा अहिले डेढ बिघा क्षेत्रफल रहेको उपयुक्त ठाउँमा पार्किङ स्थलको स्थापना भएको । बताउनुभयो । यद्धपी  लोड भएका टैक-ट्रकहरूको सुरक्षाको निम्ति धेरै कामहरू गर्नु पर्ने र संवेदनशील भएर सम्बन्धित निकायले लाग्नुपर्ने चन्दको भनाई रहेको छ । 

यस्तै, धनगढी बजार क्षेत्रको अव्यवस्थित सवारी पार्किङ न्यूनीकरणको प्रमुख बाधकका रूपमा रहेको अव्यवस्थित ट्याङ्कर पार्किङ व्यवस्थापन गर्न सफल भएकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक वकिल सिंहले खुसी व्यक्त गर्नुभएको छ ।  ‘ खुसीको कुरा आजदेखि पार्किङ स्थल सञ्चालनमा आएको छ, अब ६ लेन सडकमा पार्किङ भए कारबाहीको दायरामा ल्याउने छौँ।’

यस्तै आजैदेखि धनगढीमा अटो रिक्सा पनि जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न थालिएको सिंहले बताउनुभयो। ‘धनगढीमा आवश्यकता भन्दा धेरै बढी अटो रिक्सा सञ्चालन भइरहेका छन्, ‘रिक्सा चालकहरूसँग सहमति गर्दै जोर बिजोरमा अटो रिक्सा चलाउन थालिएको छ। ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा गरेका छौँ।’ उहाँले भन्नुभयो ।

त्यस्तै, सुरक्षाको दृष्टिकोणले टैक-ट्रक पार्किङ स्थललाई विशेष सुरक्षाको दृष्टिकोणले हेर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनुभयो । 'आज एक ठुलो सवारी दुर्घटनाको जोखिम बोकेको टैक-ट्रक पार्किङको व्यवस्थापन गरिएको बताउनुभयो । सुरक्षाको दृष्टिकोणले हामीले यो ठाउँको विशेष निगरानी गर्नेछौँ । यसकै लागी छुट्टै बिटको व्यवस्था गर्ने अवस्था भएन भने पनि मिलन चोकको बिटलाई तलमाथि गरेर पनि यो ठाउँको सुरक्षाको लागी प्रहरी कटिबद्ध रहने छ ।, टैक,ट्रक पार्किङ पनि एउटा सडक दुर्घटना न्यूनीकरण र सभ्यतालाई राम्रो बनाउनको लगी यो एउटा राम्रो पहल भएको छ । साथै आजैबाट हामीले बजार क्षेत्रमा अत्यधिक मात्रमा जाम हुने अटो रिक्सालाई पनि व्यवस्थापन गर्न ट्राफिक चौराहा देखी क्याम्पस चोक सम्म जोर बिजोरको आधारमा चल्ने व्यवस्था मिलाएका छौँ । चौराहामा साँघुरो महसुस गरेको हुनाले डिभाइडर पनि हटाएका छौँ ।' उहाँले भन्नुभयो । 

त्यस्तै, प्रहरी उपरीक्षक अधिकारीले सवारी दुर्घटनाबाट जोगिन र न्यूनीकरण गर्न चालक स्वयमले स्व-अनुशासन पालना गर्नुपर्नेमा जोड दिनुभयो । 'दिन प्रतिदिन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सवारी दुर्घटना न्यूनीकरण गर्न लागी परेको छ । सवारी दुर्घटना बाट जोगिन मुख्य भूमिका सरोकारवाला निकाय र सवारी धनी अर्थात् सवारी चालक स्वयमको हुन्छ । त्यसैले प्रत्येक सवारी प्रयोग कर्ताहरूले सडक अनुशासनका नियमहरू स्वयमले पालना गरौँ । सेवा प्रवाह गर्ने सङ्घ संस्थाहरूले पनि आफ्नो सेवाको गुणस्तरमा ध्यान दिनु जरी छ ।' उहाँले भन्नभयो ।