उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात,तराईमा हुस्सु/कुहिरो देशभर चिसो बढ्ने क्रममा

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात,तराईमा हुस्सु/कुहिरो देशभर चिसो बढ्ने क्रममा

न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।