तराईमा बढ्न थाल्यो शीतलहरको जोखिम, पहाडी र हिमाली भू-भागमा हिमपात

तराईमा बढ्न थाल्यो शीतलहरको जोखिम, पहाडी र हिमाली भू-भागमा हिमपात

चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भूभागमा शीतलहर बढ्न थालेको छ ।

बिहान-बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन । त्यसले पनि सुक्खा चिसोलाई बढाएको छ।

शीतलहरबाट स्थानीय जनजीवनमा परेको असर कम गर्न सरकारले शीतलहरविरुद्धको प्रतिकार्य योजना कार्यान्वयनका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य योजना प्रदेश, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि सिफारिस गरेको हो ।

केहि दिन यता न्यूनतम तापक्रम र अधिकतम तापक्रम स्थिर अवस्थामा रहेकाले जाडो बढे पनि कठ्याङ्ग्रिने चिसो भने नभएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान