दुई घण्टामै शेयर बजारमा ७९.८९ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

दुई घण्टामै शेयर बजारमा ७९.८९ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

साताको तेस्रो कारोबारको दिन बुधबार शेयर बजार सुरुवाति देखि नै उकालो लागेको छ । 

आज कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ नेपाल स्टक एक्सेन्च ९नेप्से० परिसुचक ७९.८७ अंकले बढेर २४९५.४२ को बिन्दुमा पुगेको छ । नेप्से १ बजेसम्म आइपुग्दाँ ३.३१ प्रतिशतले बढेको हो ।

यस्तै, सोही अवधी सम्ममा २२७ कम्पनीको ३८ लाख ६८ हजार ६०६ कित्ता शेयर २ हजार ३१४ पटकको कारोबारमा २ अर्ब ३१ करोड ४१ लाख बढीको शेयर कारोबार भएको छ ।