विवादित कानुन मन्त्री तामाङले दिए राजीनामा

विवादित कानुन मन्त्री तामाङले दिए राजीनामा

काठमाडौँः संघीय सरकारका कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत उनले राजिनामा दिएका हुन्।

बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली छात्राको यौन शोषण हुने गरेको र त्यहाँका कलेजको पढाइ पनि राम्रो नहुने अभिव्यक्ति दिएपछि मन्त्री तामाङ विवादमा तानिएका थिए।

सिंगो सरकारलाई असफल पार्न खोजेको भन्दै त्यसलाई असफल पार्नका लागि राजिनामा दिएको बताएका छन्। उनले आफ्नो पार्टी तथा सरकारलाई असफल पार्न धमिलो पानीमा माछा मार्ने षडयन्त्र भइरहेको भन्दै मन्त्रीको जिम्मेवारी दिएकोमा पार्टीलाई धन्यवाद समेत दिए। 

पत्रकार सम्मेलन गरी तामाङ आफ्नो राजिनामा पत्र लिएर प्रधानमन्त्री कार्यालय तर्फ लागेका छन्।