टीजुची फाउण्डेशनको सहयोगमा धनगढीका बाढी पिडित परिवारलाई खाद्यान्न सहयोग

टीजुची फाउण्डेशनको सहयोगमा धनगढीका बाढी पिडित परिवारलाई खाद्यान्न सहयोग

धनगढी । धनगढी उप-महानगरपालिका वडा नम्बर ३ का पिडित परिवारलाई खाद्यान्न तथा राहतको सहयोग गरिएको छ । बाढी तथा आर्थिक अवस्था निकै कमजोर भएका पिडित परिवारलाई खाद्यान्न तथा राहतको सहयोग नेपाल परिवार दलको युवा नेता खडक नागरी, युवा नेता तथा केन्द्रीय सदस्य शंकर राज ढकालको पहल तथा टीजुची फाउण्डेशनको सहयोग राहत वितरण गरिएको हो । 

धनगढी उप-महानगरपालिका वडा नम्बर ३ का ३० जना पिडित परिवारलाई २५ केजि चामल, १० केजि ज्ञान आटा, मसुरको दाल, चिनि, चना, तेल, नुन ,४ पिस साबुन राहत वितरण गरिएको नेपाल परिवार दलको युवा नेता खडक नागरीले जानकारी दिए । साथै पिडीत परिवारको ठाउँसम्म राहत लिएर गएका पार्टीका नेता खडक नागरीलाइ स्थानिय बासिन्दाले धन्यवाद दिएका छन् ।

साथै युवानेता नागरीलाइ यश क्षेत्रबाट सबै स्थानीयले सहयोग गर्ने र अझै पनि थप यस्ता राहत ल्याउन आशा गरेका छन । नेपाल परिवार दलको युवा नेता नागरीले पनि आफु र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।