सहकारीले पश्चिम सेती निर्माणको लागी शेयर खोले १० अर्ब सङ्कलन गर्न सम्भव छ : मन्त्री जोशी

सहकारीले पश्चिम सेती निर्माणको लागी शेयर खोले १० अर्ब सङ्कलन गर्न सम्भव छ : मन्त्री जोशी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रवक्ता पूर्णा जोशीले सहकारीहरूले पश्चिम सेती निर्माणको उद्देश्य लिएर काम गर्नुपर्ने बताउनुभएको छ । 

सुदूर नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको आठौँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै मन्त्री जोशीले सो कुरा बताउनु भएको हो । 

उहाँले सुदूरपश्चिममा जलविद्युत अथाह सम्भावना रहेको पश्चिम सेती १७(१८ वर्ष सम्म नारामै सीमित भएको र सरकाले केही गर्न नसके पनि सहकारीहरूले पश्चिम सेती निर्माणको मुख्य उदेश्यनै बोकेर कामको थालनी गरे निर्माण कार्य सम्भव हुने बताउनुभएको छ । ''राज्यले त केही गर्न सकेन, यदि सहकारीले पश्चिम सेती निर्माणको लागी त्यो क्षेत्रमा प्रवेश गर्न पाएको भए वास्तवमै भन्ने हो भने पश्चिम सतीको निम्ति १० अर्ब पुँजी सङ्कलन गर्न सकिन्छ । त्यसमा सेयर किन्ने मान्छेहरूको ताँती हुने थियो हामीले पुर्‍याउन सक्दैन थियौँ ।'' उहाँले भन्नुभयो । 

त्यस्तै, मन्त्री जोशीले ग्रामीण अर्थतन्त्रलाई सहरी अर्थतन्त्र सँग जोड्न सहकारीले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । 

“सानो अर्थतन्त्रले मुलुकको ठुलो अर्थतन्त्रलाई योगदान गर्ने कुराहरूमा महत्त्वपूर्ण भूमिका खेल्दछ,” उहाँले भन्नुभयो, “त्यस कारणले पनि सहकारी आजको आवश्यकता हो ।” पछिल्लो समय सहकारी बढ्दै गइरहेको र सहकारीले विशिष्ट क्षेत्रमा रहेर सहकारी खोलको भए पछि अझ प्रभावकारी हुने बताउनुभयो ।

समाजका विभिन्न विधामा रहेर सहकारी स्थापना भएको बताउँदै उहाँले विशिष्ट क्षेत्रमा रहेर सहकारी स्थापना भएको भए अझ प्रभावकारी हुने उहाँको भनाई छ ।
 
नवजीवन  सहकारीले अस्पताल सञ्चालन गरेको उदाहरण दिँदै उहाँले शिक्षा स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा रहेर सहकारीको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।