दार्चुलामा विद्यालय गएकी बालिका बेपत्ता

दार्चुलामा विद्यालय गएकी बालिका बेपत्ता

दार्चुला ।  दार्चुलामा विद्यालय गएकी बालिका बेपत्ता भएकी छन् । आइतवार बिहान घरबाट विद्यालय जान्छु भनी हिडेकी मार्मा गाउँपालिका-३ रिल बस्ने १५ वर्षीया बालिका ईश्वरी धामी सम्पर्कविहीन भएकी हुन् ।

वडा नम्बर-३ स्थित लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा अध्ययनरत छात्रा परिवारजनसँग सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए ।

ईश्वरी धामीको खोजीको लागि उनका बुवा कृष्णसिह धामीले प्रहरी कहाँ निबेदन दिएका छन् । बेपत्ता भएकी धामीको  खोजीमा जुटेको तर कहिँ कतै पत्ता लाग्न नसकेको विद्यालयका लेखापाल दिनेश बहादूर सिंहले जानकारी दिए ।

 ‘हामीले सम्भावित सबै ठाउँमा खोजी गरिसक्यौं, प्रहरीचौकीमा पनि जानकारी गराएका छौं तर पनि पत्ता लाग्न सकेको छैन् ।’ लेखापाल सिंहले भने , “खोजी अझै जारी छ तर फेला पार्न सकिएको छैन् ।" बालिका फेला नपरेपछि विद्यालय र सम्बन्धित परिवार यतिबेला तनाबमा रहेको पनि उनले जनाए । बेपत्ता भएकी धामी लटिनाथ मावि रस्कोटमा कक्षा ५ मा अध्ययनरत हुन् ।