आजको मौसम

आजको मौसम

पश्चिमी  न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसमी अवस्थामा परिवर्तन आइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार राति केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा भने हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।देशभर चिसो बढ्ने क्रम रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध छ ।