द क्लिफमा सुरु भयो विश्वकै दोस्रो अग्लो स्काइ साइक्लिङ

द क्लिफमा सुरु भयो विश्वकै दोस्रो अग्लो स्काइ साइक्लिङ

विश्वकै दोस्रो अग्लो बन्जीलगायत विभिन्न एड्भेन्चर सञ्चालन गरिरहेको द क्लिफ प्रालिले रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यावसायिक स्काइ साइक्लिङ सुरु गरेको छ। 

कालीगण्डकी माथिको भिरमा रिसोर्ट परिसरमा (बाग्लुङ बलेवातर्फ) स्काइ साइक्लिङ निर्माण गरिएको हो। साइक्लिङ दुईतर्फी गरी छ सय मिटर रहेको छ। 

साइक्लिङ खेल्न प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएकोमा  हाल शुभारम्भ छुटअन्तर्गत २ हजार ५ सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त २० प्रतिशत छुट दिइने उनको भनाइ छ।

गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काइ चियर, घोडाचडी सञ्चालनमा ल्याएको र द क्लिफले नयाँ प्रडक्टका रुपमा स्काइ साइक्लिङ सुरु गरेको कार्कीले बताए।