एक बर्षको अवधीमा सुदूरपश्चिममा १ हजार बढीले गरे स्थायी बन्ध्याकरण

एक बर्षको अवधीमा सुदूरपश्चिममा १ हजार बढीले गरे स्थायी बन्ध्याकरण

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक बर्षमा एक हजार बढीले स्थायी बन्ध्याकरण गरेका छन् । 

पछिल्लो सरकारी तथ्याङ्क अनुसार २०७७/२०७८ एक हजार ६६६ जनाले स्थायी बन्ध्याकरण गरेका हुन् । जसमा एक हजार ८० जना महिला छन् भने ५८६ पुरुष छन् । यसरी हेर्दा ६४.८ प्रतिशत महिला र ३५.२ प्रतिशत पुरुष छन् ।

प्रदेशमा स्थायी बन्ध्याकरण गराउने महिला नै बढी देखिएको छ । कुनै कुनै महिलाले परिवारको कमाउने मान्छे कमजोर हुन्छ भनेर आफैँले पनि स्थायी बन्ध्याकरण गराउने गरेको छ । परिवार कल्याण महाशाखाको २०७७/२०७८ को तथ्याङ्क अनुसार स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्या पुरुषको तुलनामा झन्डै चार गुणाले बढिरहेको पाइएको छ ।

देशभर तीन वर्षमा ६४ हजार ७३६ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । आर्थिक वर्ष २०७५/७६ मा २६ हजार ९९४, जना, २०७६र७७ मा २१ हजार ३५२ र २०७७/७८ मा १६ हजार ३९० जनाले स्थायी बन्ध्याकरण गराएको तथ्याङ्क छ ।आ.व २०७६/७७ मा स्थायी बन्ध्याकरण गराउनेको संख्या २०७५/७६को तुलनामा पाँच हजार ६४२ र २०७७/७८ मा २०७६/७७ तुलनामा चार हजार ९६२ ले घटेको देखाएको छ ।