देशका विभिन्न भूभागमा हिमपात भएसँगै चिसो बढेको छ। बुधवार दिनभर वर्षासमेत भएको थियो। राति भने वर्षा रोकिएको छ।
बिहीवार थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति भने अधिकांश स्थान आंशिक बदली रहने बताइएको छ।
देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ, महाशाखाले जनाएको छ।