भारतमा २१ भन्दा बढी राज्यमा फैलियो ओमिक्रोन ,कोरोना संक्रमण पनि तिब्र

भारतमा २१ भन्दा बढी राज्यमा फैलियो ओमिक्रोन ,कोरोना संक्रमण पनि तिब्र

भारतमा हालसम्म कोरोना नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण २१ बढी राज्यमा फैलिसकेको छ। कोरोना र ओमिक्रोन संक्रमण तीव्र रुपमा फैलिए पछि मुलुकका मुख्य सहरमा रात्रिकालीन कर्फ्यू लगाइएको छ।

भारतमा कोरोना भाइरस कोभिड १९ संक्रमण तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा १३ हजार १५४ जनामा संक्रमण देखिएको  छ। यो संख्या मंगलबारको तुलनामा ४३.१ प्रतिशत बढी हो। मंगलबार ९ हजार १९५ जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयले जारी गरेको बुलेटिनमा पछिल्लो २४ घन्टामा सबैभन्दा बढी ३ हजार ९०० जना संक्रमित महाराष्ट्रमा देखिएका हुन्।  दोस्रो नम्बरमा केरलामा २ हजार ८४६ जनामा संक्रमण पुष्टि भएको छ।

पश्चिम बंगलामा १ हजार ८९ जना,दिल्लीमा ९२३, तमिलनाडुमा ७३९ जनामा संक्रमण देखिएको छ। मुलुकमा यी ५ राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ।

पछल्लो २४ घन्टामा कोरोनाबाट थप २६८ जनाले ज्यान गुमाएका छन्।  सबैभन्दा बढि केरलमा २११ जना र महाराष्ट्रमा २० जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। भारतमा हालसम्म कोरोनाबाट ४ लाख ८० हजार ८६० जनाले ज्यान गुमाइसकेका छन्।