राष्ट्रियसभा निर्वाचनका लागि धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा निर्वाचनका लागि धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

धनगढी ।  राष्ट्रियसभा निर्वाचनका लागि धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि कार्यालय स्थापना गरिएको हो। कार्यालयको कैलालीका जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत जयानन्द पनेरुले उद्घाटन गरेको हुन्। 

सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ। प्रदेशमा महिला, दलित र अन्य पदका लागि निर्वाचन हुने भएको हो। तीन पदका लागि प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन्। 

निर्वाचन अधिकृतका कार्यालयका अनुसार पुस १८ गते निवेदन तथा उजुरी छानबिन र कारबाही गर्ने, १९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ। यस्तै, २० गते उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २२ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारको निर्वाचन चिह्न प्रकाशन गर्ने कार्यतालिका रहेको छ।