लागुऔषध सहित एक युवक पक्राउ

लागुऔषध सहित एक युवक पक्राउ

धनगढी । धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ वैयावेहडीका २१ वर्षीय रमेश चौधरी रहेका छन्।

शुक्रबार लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर, कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलिले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ। उनको साथबाट २ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।