आइतबार सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि

आइतबार सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि

धनगढी । आइतबार सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ४५६ नमुना परीक्षण गर्दा थप पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ९ जनाको पिसिआर परीक्षण गर्दा दुई जना र ४४७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीन जना गरी पाँच जनामा संक्रमण देखिएको हो ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ४८ हजार २७६ जनामा संक्रमण देखिएको छ भने ६१४ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।